खग्रेन्द्र सुनारकाको पार्टी ‘हाम्रो पार्टी नेपाल’ले कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल’ पार्टीको चुनाव चिह्न प्रयोग गर्ने भएको छ।
उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रयोग गर्ने सहमति भएपछि बुधबार नै निर्वाचन आयोगमा यसबारे जानकारी दिन निवेदन दिइएको छ।
‘हामीबीच बिजुलीको चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको छ,’ उज्यालो नेपालका प्रवक्ता राजु थापाले नेपालखबरसँग भने, ‘हाम्रो पार्टी नेपालले अब उज्यालो नेपाल पार्टीको चिह्न प्रयोग गर्छ।’
एक चुनाव चिह्नबाट निर्वाचन लड्नेबारे जानकारी दिन ४ बजे पत्रकार सम्मेलन समेत आयोजना गरिएको छ।
171
Shares

प्रतिक्रिया