समाज


त्रिवि अन्तर्गत न्यून विद्यार्थी संख्या भएका क्याम्पसका शैक्षिक कार्यक्रम गाभिने

त्रिवि अन्तर्गत न्यून विद्यार्थी संख्या भएका क्याम्पसका शैक्षिक कार्यक्रम गाभिने

नेपालखबर
मंसिर १०, २०८२ बुधबार १६:०, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयले न्यून विद्यार्थी संख्या भएका क्याम्पसका शैक्षिक कार्यक्रम गाभ्ने जनाएको छ। 

आज बसेको त्रिवि सभा बैठकमा उपकुलपति दीपक अर्यालले काठमाडौँ भित्र र बाहिर न्यून विद्यार्थी संख्या रहेका आङ्गिक क्याम्पसका शैक्षिक कार्यक्रम गाभिने प्रकृया अघि बढाउने जनाएका हुन्। 

‘त्रिविका काठमाडौं भित्र र बाहिर रहेका आङ्गिक क्याम्पसहरूमा विगत दुई शैक्षिक सत्रदेखि न्यून विद्यार्थी संख्या भएका क्याम्पसका कार्यक्रमहरू आगामी शैक्षिक सत्रदेखि गाभिने प्रक्रिया अगाडी बढाइने छ,’ उपकुलपति अर्यालले भने।

त्रिवि सभामा उपकुलपति अर्यालले अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई कारबाही अगाडि बढाएको जनाए। 

विश्वविद्यालय मातहतका विभिन्न निकायबाट अध्ययन बिदा उपभोग गरी नफर्केका र बिदा उपभोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीको लगत विवरण तयार गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad