राजनीति


प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवले आफ्नै पत्नीलाई बनाए स्वकीय सहसचिव

प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवले आफ्नै पत्नीलाई बनाए स्वकीय सहसचिव

नेपालखबर
मंसिर ८, २०८२ सोमबार ७:४७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा आफ्नै श्रीमती नियुक्ति गरेको खुलासा भएको छ।

गत असोज २ गते प्रधानमन्त्रीको सचिवालयमा स्वकीय सहसचिव पदमा नियुक्त संगीता श्रेष्ठ आदर्शकै पत्नी रहेको खुलेको हो।

आदर्श स्वय‌ंले संगीता आफ्नी पत्नी भएको कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छन्। तर प्रधानमन्त्रीको विश्वास र गोप्यतालाई ध्यान दिनुपर्ने भएकाले पत्नीलाई सचिवालयमा भित्र्याइएको दाबी उनले गरेका छन्। 

त्यसो त त्यही दिन स्वकीय सहसचिव पदमै नियुक्त कमला श्रेष्ठ तथा प्रशासन सहायकद्वय पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि उनकै नातेदार भएको खुलेको छ।

यसमा भने आफ्नो नाम अनावश्यक रूपमा जोडिएको जिकिर उनले गरेका छन्। 

आदर्श यसअघि सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करार कर्मचारी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad