नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीलाई सत्ताबाट हटाएरै छोड्ने बताएका छन्।
शुक्रबार पार्टीको नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै बस्नेतले रिटायर्ड जीवन शानदार बनाउन छोडेर राजनीति गर्न आएको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका हुन्।
'आजको हाम्रो मार्चपासले भोलि हामीले गर्ने प्रदर्शनको झल्को दिएको छ। भोलिको हाम्रो प्रदर्शन भनेको सुशीला आमालाई (प्रधानमन्त्री) राजनीतिक जीवनबाट टाटाबाइ गर्न हो,' उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, 'छोराछोरीसँग बेलायत गएर उपचार गरेर रिटायर्ड जीवन शानदार गर्नुस्। वृद्ध पतिको सेवा गर्नुस्। राजनीति दलले नेताले गर्ने हो।'
बस्नेतले प्रधानमन्त्रीको शारिरीक अवस्थामाथि पनि खिसिट्युरी गरे। उनले भने, 'उहाँ खुटा खोच्याउँदै हिँड्नुहुन्छ। आराम गर्नुस्। केपी ओलीले भने जसरी अब संसद् पुनर्स्थापना गर्दै विधिको शासन र सुशासनलाई सही ट्रयाकमा ल्याउन फोर्सले काम गर्नेछ।'
Shares

प्रतिक्रिया