राजनीति


प्रधानमन्त्रीद्वारा संसद् बैठककक्ष अवलोकन, दूरी कायम गरी बैठक राख्ने संभावना

प्रधानमन्त्रीद्वारा संसद् बैठककक्ष अवलोकन, दूरी कायम गरी बैठक राख्ने संभावना

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ७:२५,

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनको अवलोकन गरेका छन्।

जेठ १५ गते सरकारको वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार छिटै संसदको बजेट अधिवेशन सुरु गर्ने तयारी भइरहेका बेला प्रधानमन्त्रीले सदनको बैठक कोठा लगायत अन्य भौतिक संरचनाहरुको अवलोकन गरेका हुन्।

‘कोरोना संक्रमणको समस्याबीच संसदको बैठक के कसरी गर्ने भन्ने अनिश्चय जस्तो थियो। अब सदनको बैठक भौतिक दूरी कायम गरेर संसद भवनमैं गर्ने संभावना बढेको छ,’ राष्ट्रिय सभाका सचिव राजेन्द्र फूयाँलले नेपालखबरसँग भने।

PM parliament observation

कोरोना महामारी सुरु भएपछि संसद अन्तर्गत भएका बिभिन्न छलफल तथा बैठकहरु कुनै भिडियो कन्फ्रेन्समार्फत् र त कुनै चाहिँ दूरी कायम गरी भौतिक उपस्थितिमा गरिएको छ।

‘प्रधानमन्त्रीको अवलोकन र केहि दिनयताका तयारी हेर्दा संसदको बजेट अधिवेशन यहि महिनाको अन्तिममा सुरु हुने संभावना छ,’ संसदका एक अधिकारीले बताए।

प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटबीच बुधबार बिहान भएको छलफलपछि अवलोकनको कार्यक्रम बनेको थियो।

Parliament maintenance1

Parliament maintenance

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .