जापान सरकारले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ‘द अर्डर अफ द राइजिङ सन’ विभूषण प्रदान गर्ने घोषणा गरेको छ।
जापान सरकारले ‘२०२० स्प्रिङ इम्पेरियल डेकोरेसन’ विभूषण नेता पौडेललाई प्रदान गर्ने भएको हो। जापानले सो विभूषण स्वदेशी र विदेशी नागरिकहरुलाई प्रदान गर्दै आएको छ। पौडेललाई विदेशी नागरिकअन्तर्गत सो विभूषण प्रदान गरिने भएको हो।
जापानी दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल र जापानबीच सम्बन्धलाई सुदृढ गर्न भूमिका खेलेकोमा पौडेललाई सो विभूषण प्रदान गर्न लागिएको उल्लेख छ।
जापानले विदेशी नागरिकलाई अप्रिल २९ र नोभेम्बर ३ मा दुई पटक विभूषण प्रदान गर्ने गरेको छ। जापानले आफ्नै देशका सार्वजनिक महत्वपूर्ण योगदान गर्ने नागरिकहरुलाई भने ‘द अर्डर अफ द राइजिङ सन’ विभूषण प्रदान गर्दै आएको छ।
त्यसैगरी नेपाल तथा जापानको राजनीतिक, कुटनीति, अनुसन्धान तथा शिक्षा, चिकित्सा वा समाज कल्याण, आर्थिक तथा उद्योगिक तथा संस्कृति र खेलकुद क्षेत्रमा योगदान गर्नेलाई प्रदान गरिँदै आएको छ।
७६ वर्षीय पौडेल पूर्व सभामुख हुन्। उनी सभामुख हुँदा नेपाल जापान फ्रेन्डसिप पार्लियामेन्टरियन लिगको स्थापना गरिएको थियो। पौडेल शुरुवातदेखि १८ वर्षसम्म लिगकासभापति रहेका थिए।
प्रतिक्रिया