राजनीति


नेपालमा अनधिकृत बस्दै आएका चार मलेसियन नागरिकलाई सरकारले फिर्ता पठायो

नेपालमा अनधिकृत बस्दै आएका चार मलेसियन नागरिकलाई सरकारले फिर्ता पठायो

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १६:२२, काठमाडौँ

नेपालमा भिसा नियमित नगरी बसोबास गरिरहेका चार जना मलेसियन नागरिकलाई सरकारले जरिवाना शुल्क मिनाहा गरी स्वदेश फर्काएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकलले यस्तो निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को २५ बुँदे निर्णयमा भनिएको छ, ‘नेपालमा भिसा नियमित नगरी बसोबास गर्दै आएका चार जना मलेसियन नागरिकहरूले प्रचलित कानुन बमोजिम नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना वापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad