नेकपा एमालेको विघटित संसदीय दलको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको नेता राजकुमार गुप्ताले नेपालखबरलाई जानकारी दिए।
दिउँसो १ बजे सुरु हुने भनिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो। एमालेले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले भदौ २७ गते विघटन गरेको प्रतिनिधि सभालाई असंवैधानिक भन्दै आइरहेको छ।
प्रतिनिधि सभा पुनर्स्थापना गरिनुपर्ने पार्टीको मागलाई थप शसक्त बनाउन दलको बैठक बोलाइएको नेताहरूले बताएका छन्। विघटित प्रतिनिधिसभाका एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन र पुनर्स्थापनाबारे जानकारी गराउनेछन्।
आजको बैठकमा विघटित प्रतिनिधि सभाका सदस्य नभएका शंखर पोखरेल, प्रदीप ज्ञवाली पनि सहभागी छन्।
संसद् विघटनको संवैधानिक परीक्षण बाँकी रहकाले त्यसका लागि दल वा सांसद अदालतमा जाने भन्ने विषयमा पनि आज छलफल हुने उनले बताए।
Shares

प्रतिक्रिया