राजनीति


महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा

नेपालखबर
मंसिर २, २०८२ मंगलबार १२:५८, काठमाडौँ

महान्यायाधिवक्ता सविता भण्डारीविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ हुने भएको हो। 

अधिवक्ता उपेन्द्र रावत समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, महान्यायाधिवक्ता बराल, महान्यायाधिवक्ता कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो लगायतलाई विपक्षी बनाएर सोमबार रिट दायर गरेका थिए।  

नाबालिगको डिम्ब किनबेच गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले यसमाथि अनुसन्धान अघि बढाइसकेको छ।  

बालबालिका सम्बन्धी ऐन, २०७४ अन्तर्गत अनुसन्धान गरेको विषयमा प्रहरीले डा स्वस्ती शर्मा लगायतलाई नियन्त्रणमा समेत लिएको थियो। तर अदालतले पछि उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

अनुसन्धान सकेर प्रहरीले भदौ १ गते अनुसन्धान प्रतिवेदन बुझाएर सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेको थियो। त्यहाँबाट मुद्दा नचलाउने निर्णय गरी सरकारी वकिलको कार्यालय पाटनमा पठाएको र पछि महान्यायाधिवक्ता कार्यलयबाट समेत मुद्दा नचलाउने निर्णय गरेको हो। 

यस प्रकरणमा भण्डारीमाथि आफन्तलाई जोगाएको आरोप लागेको छ भने उनले आफू दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताउँदै आएकी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad