राजनीति


मतदाता सूचीमा ६ लाख २९ हजारभन्दा बढीले लेखाइसके नाम, पुरुष-महिला कति? अन्य पनि छन् कि?

मतदाता सूचीमा ६ लाख २९ हजारभन्दा बढीले लेखाइसके नाम, पुरुष-महिला कति? अन्य पनि छन् कि?

नेपालखबर
मंसिर २, २०८२ मंगलबार ७:५६, काठमाडौँ

आउने फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ गतेसम्म ६ लाख २९ हजार ३४८ जनाले मतदाता सूचीमा नाम लेखाएका छन्। 

निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार सोमबार राति ९:३० बजेसम्म ३ लाख ६२ हजार ५०५ पुरुष, २ लाख ६६ हजार ७९३ महिला र अन्य ९ जना मतदाता सूचीमा सूचीकृत भएका हुन्। 

आयोगका अनुसार यसमध्ये राष्ट्रिय परिचयपत्रका आधारमा ३ लाख ८ हजार ५८५ जना मतदाता सूचीमा आबद्ध भएका हुन्। 

निर्वाचन आयोगले मतदाता विवरण दर्ताका लागि मंसिर ५ सम्मको समय थप्दै कात्तिक २७ देखि राष्ट्रिय परिचयपत्रका आधारमै नाम लेखाउन सकिने व्यवस्था गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad