राजनीति


जेनजीलाई मन्त्री पुनको आग्रह: यहाँ ज्ञापन पत्र बुझाएर माग पूरा हुँदैन, चुनाव जितेर आफ्नै सरकार बनाऊ

जेनजीलाई मन्त्री पुनको आग्रह: यहाँ ज्ञापन पत्र बुझाएर माग पूरा हुँदैन, चुनाव जितेर आफ्नै सरकार बनाऊ

नेपालखबर
मंसिर १, २०८२ सोमबार १५:२४, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गाउँ फर्किन जेन-जी युवाहरूलाई आग्रह गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेनजी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो आग्रह गरेका हुन्। 

उनले कतिपय मागहरू पूरा गर्न नसक्ने किसिमका रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरू पूरा गर्न आग्रह गरे। 

मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापन पत्र बुझाएर माग पूरा नहुने भन्दै आफैँ गाउँ फर्किएर निर्वाचनमा भाग लिई निर्वाचन जितेर आउन आफ्नै सरकार बनाउन भनेका हुन्। केही मागहरू पनि विचार गर्न सकिने मन्त्री पुनको भनाइ छ। 

‘अब यो तिमीहरूको सबै माग पूरा गर्ने हो भने तिमीहरू आफैँ चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैँले गर्ने। यो भन्दा अर्को उपाय छैन। यहाँ क्यामेरा तेर्साएर बस्ने होइन। यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैँ गाउँ गाउँमा जाने हो। तिमीहरूको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ। अब जेनजीका भाई बहिनीहरू काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरू ल्याउने र यस्ता किसिमका मागहरू पूरा गर्ने। केही मागहरू विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन।’

जेन–जी २.० ले १६ वर्षको उमेरमा एसईई पास गरी सीटीईभीटीमा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरूको समाधान १ हप्ताभित्र गर्न अल्टिमेटम दिएको छ। 

विद्यार्थीका मागहरू समयमा पूरा नगरे त्यसपछिको अवस्थाको जिम्मेवारी सीईटीईभीटी हुने बताएको छ। यसै वर्ष सीईटीईभीटीको छनौट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad