नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरू छलफलमा जुटेका छन्। आइतबार दिउँसो नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वपदाधिकारी तहका नेताहरू छलफलमा जुटेका हुन्।
बैठकले प्रदेश-प्रदेशमा एकता सन्देश कार्यक्रम गर्न स्थान र समय तय गर्नेबारे पनि छलफल चलिरहेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डको सचिवालयले जनाएको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न दर्जन वाम घटकबीच कात्तिक १९ मा एकता भइ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो।
186
Shares

प्रतिक्रिया