राजनीति


यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छः ओली

‘हामी बिना पैसा कलाविहीन नाटक हेर्दैछौँ’
यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छः ओली

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १५:२९, काठमाडौँ

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गरेका छन्।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताए। 

त्यसका लागि जेन–जीहरूलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेन–जीहरूलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको बताए। 

उनले भने, ‘अहिले सरकारमा हुनेहरूले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन् र त्यसका निम्ति जेनजीहरूलाई संगठित गर्नु, जेनजीहरूको मागपत्र लेखिदिनु, जेनजीहरूलाई बोलाएर मागपत्र पढाउनु, जेनजीहरूका हातमा मागपत्र थमाइदिनु, जेनजीहरूको डेलिगेसन बोलाउने, डेलिगेसन भेट्ने र सञ्चारकर्मीहरूका अगाडि डेलिगेसन आयो, जेनजीहरूले सरकारलाई दबाब दिए लौ के गरौँ भनेर सरकार त दबाबमा छ भन्ने देखाउन आर्टिफिसियल ड्रामा तयार भएको छ।’

वर्तमान सरकार बिना पैसाको नाटक देखाइरहेको ओलीको टिप्पणी थियो। जेन–जीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको उनले दाबी गरे। 

आफूहरू बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको उनको भनाइ छ। 

अध्यक्ष ओलीले भने, ‘जेनजीहरुको मागपत्र हेरेको थिएँ, मागपत्र कसले ड्राफ्ट गरेको मलाई समेत थाहा छ। कहाँ पढाइएको जेनजीलाई थाहा छ, को अर्गनाइजर भएरहेको छ त्यो पनि थाहा छ। जे होस् एउटा तमासा भयो। हामीले बिना पैसा यो असंवैधानिक सरकारको तमासा हेर्न पाएका छौँ। कला बिहीन नाटक छ। नाटकमा अलिकति कला हुनुपर्छ। कलाविहीन नाटक छ, त्यो हेरिरहेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad