राजनीति


दक्षिण कोरियाले भन्योः किम कहाँ छन् हामीलाई थाहा छ

दक्षिण कोरियाले भन्योः किम कहाँ छन् हामीलाई थाहा छ

नेपालखबर
बैशाख १६, २०७७ मंगलबार १०:५५,

मंगलबार फेरि दक्षिण कोरियाले किमबारे अर्को अभिव्यक्ति दिएको छ। यतिबेला दक्षिण कोरियाले किम जोङ उन कहाँ छन् भन्नेबारे आफूलाई थाहा भएको दाबी गरेको छ।

दक्षिण कोरियाका एकीकरणमन्त्री किम युन–चुलले भने,‘हाम्रो सरकार किम बसिरहेको स्थानको बारेमा जानकार छ।’ यद्यपी उनले किम कहाँ छन् भनेर बताएनन्।

किमको मृत्युको हल्लाबीच उनले चढ्ने विशेष रेल राजधानी प्योङयाङ बाहिर उनसान क्षेत्रमा देखिएको थियो।

हाल किम उनसान कम्प्लेक्सको गेस्ट हाउसमा आराम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ।

दक्षिण कोरियाली संचारमाध्यम डेली एनकेले किमको हालै मुटुको शल्यक्रिया गरिएको बताएको थियो। डेली एनकेले किमको अवस्था गम्भीर बनेको जनाएको थियो।

उनसान कम्प्लेक्स किमको परिवारको लागि सन् २०१४ मा बनाइएको हो। त्यहाँ किम प्राय हवाईयात्रा गरेर पुग्थे।

हाल शल्यक्रिया भएकाले उनी रेल चढेर त्यहाँ पुगेको अनुमान भइरहँदा उत्तर कोरियाली संचारमाध्यमले उनी कहाँ छन् भन्ने कुनै जानकारी दिएको छैन।

उत्तर कोरियाका संस्थापक नेता किमका हजुरबा किम इलसङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा किम जोङ उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो। न्युयोर्क पोस्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .