राजनीति


कांग्रेस बैठक शनिबार नबस्ने, मंसिर १ लाई सारियो

कांग्रेस बैठक शनिबार नबस्ने, मंसिर १ लाई सारियो

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार २०:४८, काठमाडौँ

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकको मंसिर १ गते बस्ने भएको छ।

भोलि (कात्तिक २९ गते) शनिबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि सूचित गरिएको छ।

एक महिनादेखि बस्दै र स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय कार्य समितिको बैठक महाधिवेशन चुनाव अघि गर्ने वा पछि भन्ने विषयमा अनिर्णित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad