राजनीति


एकीकृत समाजवादी धनकुटा एमालेमा समाहित हुने

एकीकृत समाजवादी धनकुटा एमालेमा समाहित हुने

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १७:१३, काठमाडौँ

विघटित नेकपा (एकीकृत समाजवादी), धनकुटा जिल्ला कमिटी नेकपा (एमाले) मा समाहति हुने भएको छ।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकता भएर बनेको नयाँ दल नेपाली कम्युनिस्ट पार्टीमा संलग्न नहुने र एमालेमा समाहित हुने निर्णय गरेको हो। 

जिल्ला अध्यक्ष अजर्सन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न वस्तुगत परिस्थितिहरूलाई समेत मध्यनजर गर्दै नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा पूर्ण रुपले समाहित हुने निर्णय गरिएको व्यहोरा सम्पूर्णमा जानकारीको लागि अनुरोध छ।’

विज्ञप्तिमा पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई समेत एमालेमा फर्कन आह्वान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad