राजनीति


माघ ६ गते उम्मेदवार मनोनयन गर्ने आयोगको प्रस्ताव दलहरूले गरे अस्वीकार

माघ ६ गते उम्मेदवार मनोनयन गर्ने आयोगको प्रस्ताव दलहरूले गरे अस्वीकार

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १९:३३, काठमाडौँ

निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनका लागि माघ ६ गतेको मिति प्रस्ताव गरेको छ।

बिहीबार दलहरूसँग निर्वाचनको कार्यतालिकाबारेको छलफलमा आयोगले माघ ६ गतेका लागि मिति प्रस्ताव गरेको हो।  

तर दलहरूले भने यसमा सहमति जनाएका छैनन्। 'प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि अर्को छलफलमा बस्ने कुरा भएको छ' आयोग स्रोतले भन्यो।  राजनीतिक दलले पहिले भयरहित निर्वाचन हुने किटान हुनुपर्ने दोहोर्‍याएका थिए। आयोगले प्रचारप्रसारका लागि १५ दिनको समय दिने प्रस्ताव पनि गरेको थियो। 

त्यस्तै समानुपातिकतर्फको उम्मेदवारी बन्दसूची पेस गर्ने मिति भने पुस १८ र १९ गते तय भइसकेको छ। आयोगमा यसको पनि मिति हेरफेर गर्ने प्रस्ताव दलहरूले गरेका छन्।  

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ। यो सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने म्यान्डेट पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad