राजनीति


आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार ८:४३, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ।

एक महीनाअघि शुरू भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनलाई लिएर विवाद हुँदा टुंगोमा पुग्न सकेको छैन। मंगलबारको बैठकमा पनि विशेष महाधिवेशन वा नियमित महाधिवेशन गर्ने भन्ने विषयमा नेताहरूले फरकफरक धारणा राखे। 

त्यस्तै, आगामी चुनावअघि महाधिवेशन गर्ने कि चुनावपछि गर्ने भन्ने विषयमा पनि सहमति जुट्न सकेको छैन। जसले गर्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लम्बिँदै गएको हो। 

मंगलबारको बैठकमा सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारल तथा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले धारणा राखेका थिए। 

आज पनि बिहान साढे ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशन र आगामी चुनावलाई लिएर छलफल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad