राजनीति


जेनजी आन्दोलनपछि पनि दलहरू सुध्रिएनन्ः नारायणकाजी

जेनजी आन्दोलनपछि पनि दलहरू सुध्रिएनन्ः नारायणकाजी

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १५:३३, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनपछि पनि दलहरूमा सुधारको संकेत नदेखिएको बताएका छन्। 

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनल जेनजी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरुरूको शुद्धीकरण र रुपान्तरण हो भन्ने कुरा लाई लत्याएर अघि बढ्न खोज्ने प्रवृति घातक हुने बताएका छन्। 

हालै मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति र शपथको प्रसंग जोड्दै उनले पुनः एकपटक राजनीतिक पार्टीहरूको शुद्धीकरण तथा रुपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रुपमा आवाज उठाउनु पर्ने बताएका छन्।

‘हिजो मधेस प्रदेशमा तत्कालीन प्रदेश प्रमुख मार्फत एक होटेलमा जुन प्रकारले कथित मुख्यमन्त्रीलाई शपथ गराइयो, यसले के स्पष्ट गर्दछ भने राजनीतिक पार्टी र नेताहरु यत्रो जेन जी विद्रोह पछि पनि चेतेका छैनन्’ श्रेष्ठले भनेका छन्, ‘जेनजी विद्रोहको एउटा प्रमुख मुद्दा राजनीति र राजनीतिक पार्टीहरुको शुद्धिकरण र रुपान्तरण हो भन्ने कुरा लाई लत्याएर अघि बढ्न खोज्ने प्रवृत्ति प्रमुख राजनीतिक पार्टी र नेताहरुमा अहिले पनि विभिन्न घटनाहरुमा देखिएका छन्, जुन ज्यादै घातक छ।’

उनले जेन जी आन्दोलनकारीहरू र त्यो विद्रोहको सकारात्मक पक्षलाई समर्थन गर्ने सबैले पुनः एकपटक राजनीतिक पार्टीहरूको शुद्धीकरण तथा रुपान्तरणको मुद्दालाई सार्थक एवं परिणाममुखी बनाउन जोडदार रुपमा आवाज उठाउनु पर्ने आवश्यकता समेत औँल्याएका छन्।

मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान नै नगरी यादवलाई महोत्तरीको बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन्। 

सरकारले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad