कारोबार


पारमाउन्ट मोटर्सले २८ गतेसम्म विस्तार गर्‍यो मल्टिब्रान्ड एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प

पारमाउन्ट मोटर्सले २८ गतेसम्म विस्तार गर्‍यो मल्टिब्रान्ड एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १४:२९, काठमाडौँ

पारमाउन्ट मोटर्सले आयोजना गरेको मल्टिब्रान्ड 'एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प कात्तिक २८ गतेसम्म सञ्चालन हुने भएको छ। 

यसअघि २३ गतेसम्मका लागि आयोजना गरेको क्याम्पमा ग्राहकको आकर्षण बढेपछि ५ दिन थपेर २८ गतेसम्म पुर्‍याइएको हो। 

यसअघि एलिस रिसेप्सनमा समेत आयोजना भएको क्याम्प अब भने देशभरका शोरुमहरूमा मात्र सञ्चालन हुने जनाइएको छ।

पारामाउन्ट मोटर्समार्फत बिक्री हुने एमजी, आईएम६, वुलिङ, माज्दा र म्याक्सस ब्रान्डको शोरुम भ्रमण गरी ग्राहकले नयाँ गाडी खरिद तथा एक्सचेन्जमा बिभिन्न फाइदा लिन सक्ने छन्।

क्याम्पमार्फत ग्राहकहरूले आफ्ना सवारीसाधनलाई १५ लाख रुपैयाँ सम्मको विशेष लाभसहित अपग्रेड गर्ने अवसर पाउने छन् भने सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कनसहितको एक्सचेन्ज अफरहरू समेत उपलब्ध गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad