गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गरेका छन्।
सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात सञ्चारकर्मीहरूसँग बोल्दै उनले आफ्नो पार्टीले फागुन २१ गते हुने निर्वाचनमा देशभरबाट २० प्रतिशत मत नल्याए सरकारमा नजाने घोषणा गरेका हुन्।
उनले देशको वर्तमान राजनीतिक परिवेश, जनताको बदलिँदो आकांक्षा र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा आफ्नो दलले नयाँ दिशामा यात्रा गर्ने बताए।
राष्ट्र कठिन अवस्थामा भएकाले मुलुकलाई सफलतातर्फ अगाडि बढाउने काम आफ्नो पार्टीले गर्ने उनको दाबी छ। उनले आफूहरू दीर्घकालीन हिसावले राजनीतिमा प्रवेश गरेको बताए। उनले देशका सन्ततीहरूका लागि त्याग, निष्ठा, इमान्दारिता र सृजनशीलतका साथ अगाडि बढ्ने बताए।
उनले भने, ‘यो हाम्रो लागि मात्र होइन हाम्रा सन्तती र त्यस पछिका सन्ततीहरूका लागि हामी त्यसमा पूरा त्याग हाम्रो मेहनत, हाम्रो इमानदारिता, हाम्रो निष्ठा, हामीहरुको सृजनशिलता मुख्य गरिकन यो सबैलाई एकजुट पारेर लैजाछौं र हामी दृघकालीन हिसाबले आउदैछौँ। किनभने हामीहरूको घोषणा पत्रमै लेखिसकेका छौं कि हामी २० प्रतिशत भोट नपाई सरकारमा जादैनौँ।’
उनले जेन-जी पुस्ताको आन्दोलन पश्चात पार्टीको संगठनिक कार्य सुरु गरेको बताए।
Shares

प्रतिक्रिया