राजनीति


सरकारविरुद्ध कांग्रेस, जनता समाजवादी र राप्रपाले मिलेर संघर्ष गर्ने

सरकारविरुद्ध कांग्रेस, जनता समाजवादी र राप्रपाले मिलेर संघर्ष गर्ने

नेपालखबर
बैशाख १५, २०७७ सोमबार १२:२६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नवगठित जनता समाजवादी पार्टी र राप्रपाबीच सरकारविरुद्ध मिलेर जाने सहमति गरेका छन्।

सोमबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरुसहितको बैठकले सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै लोकतन्त्रवादी शक्तिहरु एकतावद्ध भइ संघर्ष गर्ने निर्णय गरेको छ।

‘लोकतानित्रक मूल्य र मान्यतालाई कुल्चँदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ’, बैठकपछि तीनै दलका शीर्ष नेताहरुद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौँ र यसकिसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्तिका विरुद्ध सम्पूर्ण लोकतान्त्रवादी शक्ति एकतावद्ध भई संघर्ष गर्ने प्रथिवद्धता व्यक्त गर्दछौँ।’

बैठकले तत्कालीन समाजवादी पार्टी फुटाउनका लागि समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरणको शैलीमा जनकपुरबाट काठमाडौँ ल्याइएको भन्दै घटनाको छानबिन गर्न माग गरेका छन्।

सरकार अधिनायवादतर्फ जाँदै छ भन्ने सांसद अपहरण प्रकरणले पुष्टि गरेको तीन दलको दावी छ। तीन दलले घटनामा संलग्नहरुलाई कानुनी कारबाही गर्न समेत माग गरेका छन्।

सरकारले कोरोना संक्रमण रोकथामका लागि लगाइएको लकडाउनका कारण कारमा परेका जनतालाई उचित राहत दिन नसकेको तथा अर्थतन्त्रमा परेको नकारात्मक असरलाई न्युन गर्न कुनै ठोस योजना सार्वजनिक गर्न नसेको आरोप लगाएका छन्। त्यस्तै तीन दलले कोरोना भाइरसको संक्रमण यथार्थ अवस्था पत्ता लगाउन परीक्षणको दायर बढाउन समेत माग गरेका छन्।

बैठकमा नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिहश्ररु विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, जनता समाजवादीका नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताको सहभागिता थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .