ग्लोबल


पाकिस्तान-अफगानिस्तान वार्ता अवरुद्ध, हमला भए जवाफ दिइने चेतावनी

पाकिस्तान-अफगानिस्तान वार्ता अवरुद्ध, हमला भए जवाफ दिइने चेतावनी

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ


नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १०:३१, काठमाडौँ

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तान र अफगानिस्तानबीचको वार्ता पूर्ण रूपमा रोकिएको र पाकिस्तानी प्रतिनिधिमण्डल टर्कीबाट फर्किरहेको बताएका छन्। 

बीबीसी उर्दुका अनुसार, पाकिस्तानका रक्षामन्त्री आसिफले जियो न्युज कार्यक्रममा भनेका छन्, ‘अर्को चरणको वार्ताका लागि न तालिका छ न त कुनै आशा।’

उनले दाबी गरेका छन्, ‘अफगान प्रतिनिधिमण्डलले पाकिस्तानको अडान स्वीकार गरिरहेको थियो तर यसलाई लिखित रूपमा राख्न तयार भएनन्। उनीहरू केवल मौखिक रूपमा हामीलाई विश्वास गर्नुपर्छ भनिरहेका थिए।’

ख्वाजा आसिफले वार्ताको अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार सबै कुरा लिखित रूपमा प्रस्तुत गर्नुपर्ने बताएका छन्। 

उनले भने, ‘अब मध्यस्थकर्ताहरू पनि पछि हटेका छन्, किनभने यदि उनीहरूले सफलताको आशा गरेका भए हाम्रो प्रतिनिधिमण्डल खाली हात फर्कने थिएनन्। यो हाम्रा मध्यस्थकर्ताहरूलाई पनि अब अफगानिस्तानबाट कुनै आशा नभएको प्रमाण हो।’

उनले अगाडि भने, ‘यदि स्थिति फेरि बिग्रियो र हामीविरुद्ध कुनै कारबाही गरियो भने पाकिस्तानले तुरुन्तै प्रतिक्रिया दिनेछ।’

पाकिस्तान र अफगानिस्तानबीचको वार्तामा कतारले मध्यस्थता गरिरहेको छ।

गत महिना पाकिस्तानले काबुल र अफगानिस्तानको सीमावर्ती क्षेत्रमा आक्रमण गरेको थियो।

पाकिस्तानले तहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) का लडाकुले अफगानिस्तानबाट पाकिस्तानमा आक्रमण गरिरहेको दाबी गरेको  छ। ती लडाकु अफगानिस्तानमा लुकेर बसेको र त्यहाँको तालिबान सरकारले उनीहरूलाई सुरक्षा दिइरहेको आरोप पाकिस्तानले लगाएको छ। 

यसैबीच, अफगानिस्तानको तालिबान सरकारले आफ्नो देशको सार्वभौमिकताको हरेक मूल्यमा रक्षा गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad