नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ।
हात्तीवनस्थित प्रचण्ड निवासमा आज बिहान दुई पूर्व प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।
उनीहरूबीचकाे भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकतालगायत विषयमा छलफल भएको नेता खनालका प्रेस संयोजक कृष्ण भट्टराईले जानकारी दिए।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा खनाल तेस्रो बरियतामा छन्।
कात्तिक १९ गते सो पार्टीको एकता घोषणसभामा खनालले नयाँ पार्टीको एकता प्रक्रियामा आफू सहभागी भए पनि प्रचण्डसँग आफ्नो छलफल बाँकी नै रहेको बताएका थिए।
222
Shares

प्रतिक्रिया