राजनीति


जेन-जी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्‍योः सन्तोष परियार

जेन-जी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्‍योः सन्तोष परियार

फाइल फोटो


नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १६:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले जेन-जी विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरुका सामु रहेको बताएका छन्। 

बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’मा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले अमुख जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेन-जी विद्रोहले खारेज गरिदिएको पनि दाबी गरे।

समाजलाई थप लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी बाटोतर्फ लैजाने कुरामा राजनीतिक दलहरु थप चनाखो हुनुपर्नेमा जोड उनको जोड थियो।

उनले भने, ‘जेन-जी आन्दोलनले भ्रष्टाचारलाई खारेज गरेको छ। कुशासनलाई खारेज गरेको छ। नातावादलाई खारेज गरेको छ। कृपावादलाई खारेज गरेको छ। र अमुख जाति, भाषा र संस्कृतिको मात्र नेतृत्व हुने कुरालाई पनि खारेज गरेको छ। यी कुराहरुलाई स्थापित गर्ने कुरा राजनीतिक दलका लागि सबैभन्दा ठूलो चुनौती हो भन्ने मलाई लाग्छ। त्यसकारण नेपाली समाजलाई अझै लोकतान्त्रिक बनाउने, अझै अग्रगमनतिर लग्ने, प्रगतिशील र अग्रगामी बनाउने  कुरामा दलहरु चनाखो हुनुपर्छ।’

उनले राज्य संरचनामा एउटै जाति र समुदायको नेतृत्वको तथ्यांक नै मुलुकको विकासका निम्ति गम्भीर समस्याको रुपमा रहेको धारणा राखे।  जेन-जी विद्रोहले उठाएका एजेण्डाहरुलाई आत्मसाथ गरेर अघि बढ्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको उनको भनाई थियो।

उनले पार्टीमा रहेका समस्याहरूको समाधान खोज्दै पार्टीलाई जेन-जी आन्दोलनको मर्मअनुसार अगाडि बढाउने कुरामा पार्टी गम्भीर बहस र छलफलमा रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad