राजनीति


मंसिर ७ देखि आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा, मानव अधिकार आयोगको चासो

मंसिर ७ देखि आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा, मानव अधिकार आयोगको चासो

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १४:५८, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ। 
आयोगले बुधबार प्रसाईसँग छलफल गरेको हो।

प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्न घोषणा गरेपछि आयोगले आन्दोलनका बारेमा चासो राखेको हो। आन्दोलनका स्वरुपका बारेमा आफूसँग आयोगका अध्यक्ष तपबहादुर मगरले चासो राख्नुभएको संयोजक प्रसाईंले जानकारी दिए। 

उनले आन्दोलन बन्दुक, बारुद बोकेर आउने वा सिंहदरबारमा आगो लगाउने, मानिसका घर जलाउने, नेपाली नागरिक र व्यापार व्यवसायमा तोडफोड गर्ने आन्दोलन नभएको दाबी गरे। 

उनले आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुने बताए। व्यवस्था परिवर्तनको गर्नको लागि आन्दोलन गर्न लागेको उनको भनाई छ। 

प्रसाईंले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह गरे। आन्दोलनको बारेमा आयोगलाई पनि अग्रिम जानकारी गराएको उनले जानकारी दिए।

उनले आन्दोलनको समयमा निजामती कर्मचारी र प्रहरीलाई बिदा बस्न अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad