राजनीति


नेपाल प्रहरीमा ५ डीआईजी बढुवा सिफारिस, जेनजी आन्दोलनका काठमाडौँ प्रमुख छुटे

नेपाल प्रहरीमा ५ डीआईजी बढुवा सिफारिस, जेनजी आन्दोलनका काठमाडौँ प्रमुख छुटे

नेपालखबर
कात्तिक ९, २०८२ आइतबार २०:६, काठमाडौँ

नेपाल प्रहरीमा ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले हाल रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। 

डीआईजीका लागि एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका हुन्। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए। 

उनीहरूभन्दा वरियतामा अगाडी रहेका दुई डीआईजीलाई भने छुटाइएको छ। एसएसपीहरू शारदा प्रसाद चौधरी र विश्व अधिकारीलाई छुटाइएको छ। उनीहरू एसएसपीमा अगाडी थिए। 

अधिकारी जेनजी आन्दोलनका क्रममा काठमाडौँ प्रहरी प्रमुख थिए। सरकार परिवर्तन भए लगतै अधिकारीलाई काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो। 

अहिले डीआईजी बढुवामा पनि सरकारले छुटाएको हो। यसबाहेक भने एसएसपीको वरियता अनुसार नै बढुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad