राजनीति


छठपछि वामपन्थी एकता हुन्छ, चुनाव तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

छठपछि वामपन्थी एकता हुन्छ, चुनाव तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

नेपालखबर
कात्तिक ५, २०८२ बुधबार १०:४०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठपछि वामपन्थी एकता हुने दाबी गरेका छन्।

जनकपुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उने समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरू एकता प्रक्रियामा अग्रसर रहेको उल्लेख गरे।

‘वामपन्थी एकता र ध्रुविकरणको कुरा समाजवादी मोर्चामा भएका पार्टी एकता प्रक्रियातिर हामी अघि बढेका छौँ,’ प्रचण्डले भने, ‘छठपछि नयाँ परिस्थिति देख्नुहुनेछ, वामपन्थी एकताको।’

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको समयमै हुनुपर्ने र सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताए।

‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ, सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ,’ प्रचण्डको भनाइ छ, ‘हिजोमात्रै संसदीय दलहरुसँग जुन वार्ता भएको छ, सरकारको त्यसबाट सरकार विस्तारै निर्वाचनतिर गम्भीर हुँदै गएको आभाष त मिल्छ तर यतिबेला अझै पनि निर्णय गर्ने पार्टी माओवादी केन्द्रै बन्यो।’

‘जेनजी आन्दोलनपछि सार्वजनिक रुपमा अपिल गर्ने पनि हामी नै भयौँ। काठमाडौँ उपत्यका बाहिर आएर मधेस प्रदेशमा कार्यक्रम गर्ने पनि हामी नै सायद पहिलो पार्टी हौँ,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad