राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसँगै मा विधिपूर्वक गौ पूजा गरेका छन्। कात्तिक कृष्ण औँसी अर्थात गाई तिहारको अवसरमा शीतल निवासमा विधिपूर्वक गौ पूजा गर्नुभएको हो।
वैदिक मन्त्रद्वारा सम्पन्न यो पूजामा गाईलाई लक्ष्मीको प्रतीक मान्दै खानेकुरा खान दिइएको थियो। तिहारको तेस्रो दिन मनाइने गाई तिहारले नेपाली संस्कृतिमा मानव र प्रकृतिबीचको पवित्र सम्बन्धलाई जोड दिन्छ।
पाँच दिनसम्म मनाइने तिहार, जसलाई दीपावली पनि भनिन्छ, प्रकाश, समृद्धि र पारिवारिक एकताको उत्सव हो। यस पर्वमा काग, कुकुर, गाई, गोवद्धन र भाइटीकाको पूजा गरिन्छ, जसले जीवनका विभिन्न पक्षहरूलाई सम्मान गर्ने परम्परालाई जीवन्त राख्छ।

Shares

प्रतिक्रिया