राजनीति


भागेको भनेर अन्तर्वार्ता छापिएपछि खड्का फर्किनुभएको हो: गृहमन्त्री अर्याल

भागेको भनेर अन्तर्वार्ता छापिएपछि खड्का फर्किनुभएको हो: गृहमन्त्री अर्याल

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १७:८, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किएको प्रतिक्रिया दिएका छन्। आज सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।  

अर्यालले आफूले अन्तर्वार्ता दिँदा खड्का नेपाल नभएको बताएको र यो कुरा खड्का आफैँले पनि बताइसकेको जानकारी दिए। 

'उहाँ आफैँले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिएँ भनेर। उहाँ कहिले जानुभएको थियो? उहाँलाई सोध्नुपर्‍यो नि,' अर्यालले भने, 'मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो? अन्तर्वार्ता छापिएपछि आउनुभयो नी उहाँ त।'

आइतबारमात्रै अर्यालले खड्का नेपाल छोडेर भागेको र केही नेता भाग्नेक्रममा रहेको बताएका थिए। लगत्तै आज सोमबार खड्का बूढानीलकण्ठस्थित निवासमा सार्वजनिक भएका थिए। उनले आफू भागेको भनेर गृहमन्त्रीले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad