राजनीति


राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि आयोगमा निवेदन, अध्यक्ष किरण बिक

राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि आयोगमा निवेदन, अध्यक्ष किरण बिक

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १२:१४, काठमाडौँ

राष्ट्रिय जेनजी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ। 

अध्यक्ष किरण बिक (हिरा प्रसाद सेती)को अध्यक्षतामा जेनजी पार्टी दर्ताको लागि आइतबार आयोगमा निवेदन परेको हो। 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई संस्थागत र उपलब्धिहरू संस्थागत गर्ने उद्देश्यले पार्टी गठन गरिएको अध्यक्ष विकले बताए। 

‘जेनजी क्रान्तिले देशभरका युवामा राजनीतिक चेतना जगाएको छ। अब हामीले त्यो चेतनालाई राजनीतिक पूँजीमा रूपान्तरण गर्दै निर्वाचनमार्फत नयाँ नेतृत्वको आधार निर्माण गर्नुपर्ने समय आएको छ,’ उनले भनेका छन्। 

हालका लागि पार्टीको चुनाव चिन्ह डबल क्रस खुकुरी राखिएको छ। आयोगले पार्टीलाई थप कागजातसहित यही कार्तिक ९ गतेसम्म उपस्थित हुन आग्रह गरेको छ।

निर्वाचन आयोगमा दर्ता निवेदन दिँदा आयोगका निमित्त प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर जबराले दलको नाम र चुनाव चिन्हमा पुनर्विचार गर्न सुझाव दिए बिकले बताएका छन्। 

उनले पार्टीले आफ्नो राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवादलाई अंगीकार गरेको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad