राजनीति


जेनजी विद्रोह राजनीतिक उद्देश्य हासिल गर्न असफल भयो: विप्लव

जेनजी विद्रोह राजनीतिक उद्देश्य हासिल गर्न असफल भयो: विप्लव

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १६:३०, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले जेनजीको विद्रोह राजनीतिक उद्देश्य हासिल गर्न असफल भएको बताएका छन्। जेनजी आन्दोलनपछि बसेको नवौँ केन्द्रीय समितिको तेस्रो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार विप्लवले सुशीला कार्की नेतृत्वको सरकार निकै रहस्यमयी भएको पनि बताए।

'नयाँ षडयन्त्रहरू देखिएका छन्, सुशीला कार्की नेतृत्वको सरकार निकै रहस्यमयी भएको र मन्त्रीहरू जेनजीको भावना विपरीत आए भन्ने कुरा छ,' उनले भने।

जेनजी विद्रोहपछि देशले निकास पाउनुपर्नेमा अलमल र असफलतातिर धकेलिएको उनको भनाइ छ। अन्तरिम सरकार जेनजी विद्रोहको मागस्वरूप उचाइमा नरहेकाले खारेज गर्नुपर्ने उनले बताए। उनले सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्ने बताए।

'गणतन्त्रको दुई दशकमा जस्तो हुनुपर्ने थियो, गणतन्त्र बग्न सकेन। अवरुद्ध भयो। राजनीतिक विषयलाई समर्थन गर्न सकेन,' उनले भने।

उनले जेनजी आन्दोलनपछि हतियार खुलेआम प्रदर्शन भइरहेकामा गौरीबहादुर कार्की नेतृत्वले पनि छानबिन गर्न नसकेको बताए।

उनले समाजमा त्रास बढेका बेला तिब्बतियन सरकारको प्रचार गर्दै अमेरिकी नेपाली तिब्बतियन सेना त बनेको हैन भन्ने प्रश्न उठेको पनि बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad