नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्ने निहुँ खोज्नेमा सरकारले समय खर्चिरहेको बताएका छन्। उनले आफूलाई गिरफ्तार गर्न कर्मचारीहरूलाई दबाब दिइरहेको दाबी गरे।
उनले आफू जेनजी हुँदा देश बनाउन हिँडेको भन्दै नलत्रिने बताए। 'तपाईंहरू अँध्यारो मुख किन नलगाएको भन्नुहुन्छ। यो दुईदिनको लिला हो। कसले नचाएको छ कठपुतली, म अँध्यारो मुख लगाएर बस्छु ?,' उनले भने, 'यो देश बनाउन हिँडेको बेला म आफैँ जेनजी उमेरमा भर्खर टेकेको थिएँ १४ वर्षको उमेरमा। म लत्रेर अँध्यारो मुख लगाएर हिँड्छु?'
132
Shares

प्रतिक्रिया