राजनीति


जेनजी सहिद परिवार छुट्टै दल खोल्ने कसरतमा

जेनजी सहिद परिवार छुट्टै दल खोल्ने कसरतमा

सहिद श्रेयम चौलागाईँका बुबा गणेश।


नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १६:०, काठमाडौँ

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलमा सहिद भएका जेनजी परिवारले आगामी चुनावलाई मध्यनजर गरेर दल गठनको विषयमा छलफल गरिरहेका छन्। सहिद श्रेयम चौलागाईँका बुबा गणेशले दल गठनको गृहकार्य भइरहेको जानकारी दिए। 

सहिद परिवारको वार्ता टोलीका संयोजकसमेत रहेका उनले संगठन विस्तार गर्नको लागि भनेर उपसमिति पनि बनिसकेको जानकारी दिए। 

‘यो दल नित्तान्त सहिद परिवारबाट नै निर्माण हुन्छ’, उनले भने। यस दलमा कुनै पनि घाइते जेनजी तथा जेनजी प्रतिनिधिहरू नहुने पनि उनको भनाइ छ।  

‘यदि कोहि हाम्रो पछाडि बसेर हाम्रो मुद्दालाई सर्वपरी गरेर संघ संस्था, बुद्धिजीवीहरू हामीलाई सहयोग गर्न चाहानुहुन्छ भने त्यो कुरालाई पनि हामी एक दुई दिनभित्र आह्वान गर्छौ’ उनले भने। 

दलका एजेन्डामा सहिद परिवारहरू बसेर मस्यौदा तयार गर्दै गरेको उनले बताए। अब बन्ने दलको नेतृत्व कसले गर्ने भन्नेबारे छलफल जारी रहेको तर, सहिद परिवारकै सदस्य नेतृत्व बन्ने उनी बताउँछन्।  

दल गठनका लागि सहिद परिवारहरूले विभिन्‍न वार्ता टोली, अनुगमन टोलीहरू समेत गठन गरेर जिम्मेवारीअनुसार काम भइरहेको चौलागाईँको भनाइ छ। 

प्रत्यक्ष कार्यकारी छनौट जेनजीको माग भएको हुनाले सोहि हुनु पर्ने उनी बताउछन्। उनले  भविष्यमा कस्तो खालको स्थिति आउछ सोहीअनुसार नै अघि बढ्ने र चुनावमा जाँदा संविधानलाई नै मान्ने बताए। 

हिजो राष्‍ट्रपति कार्यालयमा भएको छलफलबारे जानकारी नदिइएको भन्दै उनले गुनासो गरे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad