राजनीति


एमाले केन्द्रीय कमिटी बैठकमा ठाकुर गैरेले पनि मागे ओलीको राजीनामा

एमाले केन्द्रीय कमिटी बैठकमा ठाकुर गैरेले पनि मागे ओलीको राजीनामा

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार ११:४४, काठमाडौँ

बुधबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एकपछि अर्का नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। 

यसै क्रममा बैठकको तेस्रो दिन शुक्रबार एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले पनि ओलीले अब अध्यक्ष पद छाड्नुपर्ने बताएका हुन्। 

अध्यक्ष ओलीले प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमा धारणा राख्दै उनले भने, ‘प्रस्तुत प्रस्ताव पूर्ण गरौँ, सबै कुरा ध्वस्त भएको छ।  कम्युनिस्ट आन्दोलन कति बलियो हुन्छ, परिस्थितिको ठोस विश्लेषण गरेर निष्कर्ष निकालौँ। हामीले संविधान संशोधनको कुरा गरिरहेका थियौँ, हामीसँग ठोस निर्णय थिएन। वाम एकता गरेर निर्माण गरेको सरकार पनि ढल्यो र वाम-लोकतान्त्रिक सरकार पनि ढल्यो, यस्तो समयमा पार्टी रूपान्तरणको मुद्दालाई नेतृत्वको विरोधको रूपमा बुझ्नहुन्न। म यो बैठकलाई नेतृत्व हस्तान्तरण गरेर जाऔँ भन्ने अनुरोध गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad