सर्वोच्च अदालतले प्रतिनिधि भसा विघटनविरुद्धका रिट दर्ता गरेको छ। रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ।
रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने छ।
सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै मंगलबार सर्वोच्चमा १० वटा रिट निवेदन गएका थिए।
बुधबारसम्म आइपुग्दा १३ वटा रिट अदालतमा पुगेका भए पनि १० वटा मात्रै दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अजुर्नप्रसाद कोइरालाले नेपालखबरलाई जानकारी दिए।
गत भदौ २४ गते भएको जेनजी प्रदर्शनमा अदालतमा क्षति भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगत भएको थियो।
मंगलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरुद्ध धमाधम रिट निवेदन आएका हुन्।
Shares

प्रतिक्रिया