राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर भेट गरेका हुन्।
भेटमा अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५१ औँ महासभामा नेपालको संघीय संसद्को तर्फबाट सहभागी हुने विषय र आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियूको १५१ अौँ महासभा स्वीट्जरल्यान्डको जेनेभामा यही अक्टुबर १९(२३ मा सम्पन्न हुँदैछ।
उक्त महासभामा सहभागी हुन राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा संघीय संसदको एक प्रतिनिधि मण्डल जाँदैछ।
आइपीयूको महासभामा नेपालको सहभागिता, राष्ट्रिय सभा निर्वाचन लगायत समसामयिक विषयमा जानकारी तथा छलफल गर्न राष्ट्रिय सभा अध्यक्षज्यूले आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेट गरेका थिए।
Shares

प्रतिक्रिया