नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताएका छन्।
बुधबारबाट शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन हुने अवस्था मुलुकमा नरहेको जिकिर गरे।‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्दछ, चुनाव हुनेवाला छैन,’ ओलीले भने, ‘सरकारले चुनाव गराउने बाटो समातेको छैन।’
उनले यो सरकार असंवैधिानक रहेको समेत दाबी गरे। ‘संवैधानिक सरकार हो यो। अबैध सरकार हो,’ उनले भने, ‘हामी सबैलाई थाहा छ। पूर्वप्रधानन्यायाधीशले के गर्नुहुन्छ, गर्नुहुन्न भन्ने संविधानमा लेखेको छैन? आफै फैसला गर्ने अनि फेरि आफैँ असंवैधानिक ढंगले प्रधानमन्त्री हुने?’
Shares

प्रतिक्रिया