एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले भोलि काठमाडौँमा मोटरसाइकल र्याली गर्ने भएको छ।
दिउँसो १ बजे तीनकुनेबाट सुरु हुने र्याली बानेश्वर, त्रिपुरेश्वर, दरबारमार्ग, कमलपोखरी, ज्ञानेश्वर, एयरपोर्ट हुँदै पुनः तीनकुनेमै पुगेर सम्पन्न हुने युवा संघले जनाएको छ।
संघका अध्यक्ष क्षितिज थेबेले ‘र्यालीले राष्ट्रिय एकता, समृद्धिको यात्रा र युवाको अग्रणी भूमिकाबारे सशक्त सन्देश दिने बताएका छन्।
855
Shares

प्रतिक्रिया