नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक ललितपुरको सानेपास्थित आगजनीलेग्रस्त केन्द्रीय कार्यालयमा दोस्रो दिन पनि जारी छ।
२६ गते बस्ने केन्द्रीय कार्य समितिको बैठकअघि कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा छलफल भएको हो।
प्रचार विभाग प्रमुख मिन विश्वकर्माका अनुसार शुक्रबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो।
उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबारदेखि सुरु भएको बैठकमा अहिलेसम्म १२ जना पदाधिकारीले धारणा राखेका छन्।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने र त्यो सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्।
96
Shares

प्रतिक्रिया