राजनीति


भदौ २४ गतेको विध्वंसमा संलग्नमाथि कारबाही नगर्ने गृहको परिपत्रप्रति कांग्रेसको आपत्ति

भदौ २४ गतेको विध्वंसमा संलग्नमाथि कारबाही नगर्ने गृहको परिपत्रप्रति कांग्रेसको आपत्ति

नेपालखबर
असोज २३, २०८२ बिहिबार २०:३८, काठमाडौँ

नेपाली कांग्रेसले भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडमा संलग्नमाथि कारबाही नगर्ने गृह मन्त्रालयको परिपत्रप्रति आपत्ति जनाएको छ। 

बिहीबार पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रवक्त प्रकाशशरण महतले आन्दोलनका क्रममा भएको आगजनीलगायत घटनालाई लक्ष्य गरी गृह मन्त्रालयले दिएका अभिव्यक्तिमा गम्भीर आपत्ति जनाए।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता प्रकाशशरण महतले भने, ‘भदौ २४ गतेको घटनालाई गृह मन्त्रालयले नै अब कारबाही नगर भन्ने कुराप्रति हाम्रो गम्भीर आपत्ति छ।’

गृह मन्त्रालयले जेनजी पुस्ताको आन्दोलनका क्रममा भएका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान गरिरहेकोले उक्त घटनामा संलग्न भएकालाई तत्काल कारबाही नगर्न गृहले परिपत्र पठाएको थियो।

गृह मन्त्रालयको सो कदमले मुलुकमा अशान्ति र असुरक्षा बढाउने कांग्रेसको ठहर छ।

सरकारको अभिव्यक्तिले चुनावको वातावरणसमेत बन्न नसक्ने महतले बताए। सरकारले चुनावको मिति घोषणा गरेको बेला शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्ने उनको धारणा थियो।

‘चुनाव घोषणा भएको अवस्था छ, यस्ता अभिव्यक्तिले देशमा अशान्ति र असुरक्षा बढ्छ,’ उनले भने।

फरक प्रशंगमा उनले पार्टीका धेरै पदाधिकारी र पूर्वपदाधिकारीले समयमै नियमित महाधिवेशन गर्न सुझाव दिएको बताए। 

कांग्रेस पदाधिकारी बैठक भोलि पनि जारी रहनेछ। 

बैठकले असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकमा लैजाने एजेन्डाबारे समान धारणा बनाउने महतले विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad