त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले औषधि ‘जेनेरिक’ नाममा औषधि लेख्न चिकिस्सकलाई निर्देशन दिएको छ।
बिहीबार अस्पतालका कार्यकारी निर्देशक प्राडा सुवास प्रसाद आचार्यले सबै चिकित्सकहरूका नाममा सूचना प्रकाशित गरी यस्तो निर्देशन दिएका हुन्।
‘यस अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार तथा डीन कार्यालयवाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि ‘प्रेस्क्राइब जेनेरिक’मा ‘क्यापिटल लेटर’मा गर्न जानकारी गराईन्छ’ सूचनामा उल्लेख छ।

303
Shares

प्रतिक्रिया