नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार भए पनि बलमिच्याइँले बनेको सरकार भएको टिप्पणी गरेका छन्।
बिहीबार भक्तपुरमा अयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले परिस्थिति पनि असाधरण रहेको उल्लेख गरे।
‘अहिले देशको परिस्थिति असाधारण, असमान्य रहेको छ,’ ओलीले भने, ‘किनभने देशमा सरकार छ। संधिवान अनुसार बनेको छैन। बलमिच्याइँले बनेको छ।’
अहिलेकी प्रधानमन्त्रीले प्रधानमन्त्री बन्न संसद् विघटनलाई सर्त राखेको समेत उनले बताए। ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शपथग्रहण गरेर तुरुन्तै संसद् भंग गर्ने शर्त राख्नु भयो,’ ओलीले भने, ‘संसद् भगं गर्ने हो भने मात्रै प्रधानमन्त्री हुन्छु नत्र भने देशमा जेनजीले आगो बाल्छ।’
183
Shares

प्रतिक्रिया