राजनीति


एमाले नेता महेश बस्नेतसँग प्रहरीको साइबर ब्युरोले लियो बयान

एमाले नेता महेश बस्नेतसँग प्रहरीको साइबर ब्युरोले लियो बयान

नेपालखबर
असोज २२, २०८२ बुधबार १०:५२, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग आज (बुधबार, २२ असोज) नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ। 

उनी बयान दिन आज बिहान नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटी पुगेका थिए।

‘उहाँसँग सवा घण्टाजति बयान लिइयो’, ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले नेपालखबरसँग भने।

हालै काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढाउन प्रहरीको साइबर ब्युरोलाई चिठी पठाएको थियो। एक महिलाले दिएको जाहेरीका आधारमा उक्त चिठी पठाइएको हो।

सोही पत्रबमोजिम साइबर ब्युरोले बस्नेतसँग बयान लिएको प्रवक्ता अवस्थीले बताए। 

‘बयान लिएर उहाँलाई फिर्ता पठाइदिएका छौँ, अब प्रक्रियाबमोजिम अनुसन्धान अघि बढ्छ’, उनले भने। 

जिल्ला न्यायाधिवक्ता उदयचन्द अधिकारीले लेखेको पत्रमा महेश बस्नेतले आफ्नो फेसबुकमा लेखेको विषयमा अनुसन्धान गर्न भनिएको छ। साथै बस्नेत फ्यान क्लब कसको नाममा छ भन्ने विषयमा पनि अनुसन्धान गरी राय पेस गर्न पत्रमा भनिएको छ।

सुरुमा पीडित महिलाले हुलाकमार्फत एमाले नेता बस्नेतविरूद्ध साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। तर ब्युरोले जाहेरी गत भदौ ३१ गते तामेलीमा राखेको थियो। त्यसपछि उनले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएकी थिइन्। त्यही आधारमा सरकारी वकिलको कार्यालयले बस्नेतविरुद्ध अनुसन्धान गरी राय पेस गर्न भनी साइबर ब्युरोलाई पत्र पठाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad