राजनीति


हामी सक्रियताका साथ निर्वाचनमा भाग लिएर अघि बढ्छौँः प्रचण्ड

हामी सक्रियताका साथ निर्वाचनमा भाग लिएर अघि बढ्छौँः प्रचण्ड

नेपालखबर
असोज २०, २०८२ सोमबार १६:२३, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टी घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताए। अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने उनको भनाई छ। 

उनले भने, ‘हामी कसरी अघि बढ्नुपर्छ भन्नेकुरामा हाम्रो केन्द्रिय समितिको बैठकबाट निर्णय गरिसकेका छौँ। घोषित मितिमिा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने हो। हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ। अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको छ। मलाई लाग्छ केही समयपछि त्यसको परिणाम देखिन्छ।’

बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्‍याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad