राजनीति


पार्टी एकताबारे प्रचण्डको ब्रिफिङः माधव नेपाल र महीन्द्र यादव सकारात्मक छन्, विप्लव तयार छैनन्

पार्टी एकताबारे प्रचण्डको ब्रिफिङः माधव नेपाल र महीन्द्र यादव सकारात्मक छन्, विप्लव तयार छैनन्

नेपालखबर
असोज २०, २०८२ सोमबार १६:२२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बस्यो। बैठकमा आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चामा रहेका दलहरुसँग पार्टी एकताका लागि भइरहेको पछिल्लो प्रगतिबारे ब्रिफिङ गरेका छन्। 

उनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको पहलको कदम सकारात्मक रहेको बताएका छन्। त्यस्तै प्रचण्डले महीन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि एकताको विषय सकारात्मक रहेको बताए।  

‘समाजवादी मोर्चामा भएका सबैसँग पार्टी एकताका निम्ति पहल गर्ने काम भइरहेकै छ,’ प्रचण्डलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘माधव नेपाल र महीन्द्र रायहरूसँग एकताको विषय सकारात्मक छ।’ 

त्यस्तै प्रचण्डले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भने अहिले एकता प्रक्रियाको सुरुवात नै नभएको ब्रिफिङ गरे। 

बैठकमा प्रचण्डले भने, ‘विप्लव चाहिँ अहिल्यै पार्टी एकता गरेर जाने विषयमा त्यति धेरै तयार भई नसकेकोले संवाद जारी राख्ने कुरा भइरहेको छ।’ 

प्रचण्डले आजको बैठकमा तत्कालै एकताका लागि यादव नेतृत्वको नेसपा तयार रहेको र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीसँग भने छलफल जारी रहेको बताए। 

प्रचण्डले अबको दुई दिनपछि ठोस निर्णय आउने पनि बैठकमा जानकारी गराए। ‘अब दुई दिन पर्खाैँ। दुईपछि औपचारिक बैठक गरेर एकताको विषयमा अरु ठोस निर्णय गरौँला’ प्रचण्डले बैठकमा भने। 
  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad