राजनीति


राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

नेपालखबर
असार २३, २०७६ सोमबार १०:५७,

राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ।

आज बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखेको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हाे। यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भइसकेको छ। दुवै सदनबाट विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन हुनेछ।

यसअघि सांसद अनिता देवकोटा, मुक्ताकुमारी यादव, बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझीले प्रस्तुत गरेको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सदनले बहुमतले अस्वीकृत गरेको थियो।बैठकले अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौँ) विधेयक २०७६, माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो।

राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते मङ्गलबार ४ बजे बस्नेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad