भारतका लागि नेपाली राजदूत रहेका निलम्बर आचार्यलाई भुटान पनि हेर्नेगरी जिम्मेवारी दिएको छ। सरकारले आचार्यलाई भारतसँगै भुटान पनि हेर्नेगरी जिम्मवारी दिएको हो।
मन्त्रिपरिषद भारतको नयाँदिल्लीमा कार्यरत आचार्यलाई भुटानको गैरअवासीय राजदूतमा सिफारिस गरेको थियो।
सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा आचार्यलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम भुटानको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्।
आचार्यलाई २०७५ माध २० गते भारतका लागी नेपाली राजदूतमा नियुक्त गरेको थियो।

प्रतिक्रिया