ad ad

राजनीति


इ-पार्लियामेन्ट सञ्चालनबारे संसद सचिवालयमा प्रतिवेदन पेश

इ-पार्लियामेन्ट सञ्चालनबारे संसद सचिवालयमा प्रतिवेदन पेश

नेपालखबर
बैशाख १०, २०७७ बुधबार १४:६,

संसद सचिवालयले लकडाउनको अवस्थामा संसद सञ्चालन गर्ने बारे अध्ययन गर्न गठन गरेको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ।

यही वैशाख ४ गते सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेको संयोजकत्वमा गठन भएको ७ सदस्यीय एक अध्ययन समितिले आज प्रारम्भिक प्रतिवेदन पेश गरेको हो।

समितिले ‘डाटा लिकेज’ लगायत सबै पक्षबाट सुरक्षित, संस्थागत प्रयोगकर्ताहरूको लागि विशेष विशेषताहरू रहेको, ३०० जनाभन्दा बढी प्रयोगकर्ताहरूले एकै पटक प्रयोग गर्न सक्ने, रेकर्डिङ, सर्चिङ सुविधा भएको, छलफलका बीचमै दुई वा सोभन्दा बढी सदस्यहरुबीच आपसमा गोप्य छलफल समेत गर्ने लगायतका सुविधाहरु रहेको र डेटा स्टोरेजको समस्या नरहेको, गोप्य भोटिङ्ग गर्न सकिने सुविधा रहेको, फाइल सेयर तथा स्टोर गर्न सकिने, लकडाउनको समयको लागि लाइसेन्स शुल्कमा केही छुट पनि उपलब्ध हुने देखिएको, मोवाइल, डेस्कटप, ल्यापटपमा वेवबाटै सिधै कन्फ्रन्सिङ गर्न सकिने र नेपालमै ‘माइक्रोसफ्ट टिम’को आधिकारिक स्थानीय विक्रेताहरू रहेकोले बजारमा उपलब्ध अन्य प्रविधिभन्दा तुलनात्मक रुपमा ‘माइक्रोसफ्ट टिम’प्रविधिको प्रयोग गर्न उपयुक्त हुने सुझाव पेश गरेको छ।

आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी यस प्रविधिलाई सञ्चालनमा ल्याउन करिब १० दिनको समय लाग्न सक्ने समितिको निष्कर्ष रहेको छ।  सचिवालयले यस कार्यलाई शीघ्र अगाडि बढाउने आजै निर्णय गरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .