राजनीति


जेनजी आन्दोलनका बेला आक्रमणमा परेको युलेन्स स्कुलको अध्यक्षबाट आरजुले दिइन् राजीनामा

जेनजी आन्दोलनका बेला आक्रमणमा परेको युलेन्स स्कुलको अध्यक्षबाट आरजुले दिइन् राजीनामा

नेपालखबर
असोज ११, २०८२ शनिबार १२:१३, काठमाडौँ

निवर्तमान परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो। त्यसयता उनलाई अभिभावकले अध्यक्षबाट राजीनामा दिन दबाब दिइरहेका थिए। राणा व्यवस्थापन समितिको अध्यक्ष रहेको भए पनि यो स्कुल मुनाफारहित रुपमा ट्रस्टबाट सञ्चालन हुँदै आएको छ। 

यस क्रममा राणाले शुक्रबार अध्यक्ष पदबाट राजीनामा दिएको युलेन्स फाउन्डेसन स्रोतले शनिबार नेपालखबरलाई जानकारी दियो। 

‘घटनालगत्तै राजीनामा दिनुपर्ने अभिभावकको दबाब थियो। हिजो उहाँले खबर पठाउनुभयो। अब नयाँ चयन हुन्छ’, स्रोतले भन्यो।

आरजु राणाको लगानी रहेको भन्ने अफवाहका आधारमा जेनजी आन्दोलनका क्रममा २४ भदौमा युलेन्स स्कुलका ललितपुरको खुमलटार र काठमाडौँको बाँसबारीस्थित भवनहरूमा आगो लगाएर ध्वस्त बनाइएको थियो।

युलेन्स स्कुलले भवन, गाडी, फ्रिज, डिजिटल बोर्ड, कम्प्युटर लगायतका सामान जलेर १ अर्ब २५ करोडको क्षति भएको जनाएको छ। 

आगजनीबाट ध्वस्त स्कुललाई नयाँ ढंगले सञ्चालन गर्ने तयारी युलेन्स फाउन्डेसनले गरेको छ। 

युलेन्सका अनुसार हाल अनलाइनबाट कक्षा सञ्चालन भइरहेको छ। दसैँपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad